विमानस्थलमा आफन्तको बिदाइ र स्वागतमा अब ३ जनामात्र जान पाइने



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तको स्वागत र बिदाइका लागि तीन जनामात्र जाने पाइने भएको छ ।

विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरुको संख्या बढ्दै जाँदा भवन बाहिरको स्थानमा सीमितता रहेका कारण यात्रुको बिदाइ गर्दा तीन जनामात्र जान पाउने व्यवस्था गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

यात्रुको बिदाइ तथा स्वागत गर्न आउने आफन्तलगायतको भीडभाडले विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको, यात्रु निस्किने ठाउँमा दुर्घटना हुने जोखिम भएको तथा यात्रुको सहज आवतजावतमा समस्या भएकाले यस्तो व्यवस्था गरिएको विमानस्थलको कार्यालयले जनाएको छ ।

सूचनामा भनिएको छ, ‘यस्ता समस्या तथा चुनौतिलाई मध्यनजर गर्दै अब उपरान्त विदाई तथा स्वागत गर्न आउने आफन्त तथा मित्रजनहरुको प्रवेशलाई न्युनिकरण गर्न आवश्यक देखिएकाले एक जना यात्रुको लागि बढिमा ३ जना मात्र आफन्तजन आई स्वागत तथा विदाई गि भिडभाड नियन्त्तणमा सहयोग गरिदिन अपिल गरिन्छ ।’


क्लिकमान्डु