काठमाडौं महानगरको २५ अर्बको बजेट, कुन क्षेत्रमा कति ? (पूर्णपाठ)



काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ५४ करोड ७८लाखको बजेट ल्याएको छ ।

आइतबार काठमाडौं महानगरपालिकी उपप्रमुख सुनिता डंगोललेयस्तो बजेट प्रस्तुत गरेका हुन् । चालु आवको तुलनामा काठमाडौंमहानगरपालिकाले आगामी आवमा झण्डै १३ करोड धेरैको बजेटप्रस्तुत गरेको छ । चालु आवमा महानगरको बजेट २५ अर्ब ४१करोड ९६ लाख ९६ हजार रुपैयाँको थियो ।

आगामी आवका लागि प्रस्तुत भएको महानगरको बजेटमा चालुतर्फ८ अर्ब ६१ करोड ५४ लाख २८ हजार र पुँजिगततर्फ १६ अर्ब ९३करोड २४ लाख ९२ हजार रुपैयाँ बिनियोजन गरिएको छ ।

शिक्षा

१ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपैयाँ

स्वास्थ्य

९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ

पूर्वाधारमा

७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार रुपैयाँ

संस्कृति सम्पदा तथा पर्यटन

२ अर्ब १३ करोड ७६ लाख रुपैयाँ

वातावरण व्यवस्थापन

८७ करोड ९३ लाख रुपैयाँ

कर टोली गठन

३ करोड ४२ लाख रुपैयाँ

अनलाइन इकमर्श पोट्रल ‘मेट्रो मार्ट’

एक करोड रुपैयाँ

एक टोल एक खेलकुद पूर्वाधार

१० करोड ५० लाख रुपैयाँ

एक वडा एक नमुना उद्यम कार्यक्रम

१ करोड रुपैयाँ

‘साथी महानगर’ स्वर्णिम योजना

२ करोड रुपैयाँ

रोजगारी र आयबृद्धि, महानगरको समृद्धि

१० करोड रुपैयाँ

मेरो रहर, हरित सहर

५० करोड रुपैयाँ

महानगर टेलिभिजन स्थापना

५ करोड रुपैयाँ

सर्भिलेन्स क्यामेरा अन्तर्गत ‘महानगरले देख्छ’ गौरवको कार्यक्रम

२० करोड रुपैयाँ

सुशासनका लागि अनलाइन सेवा

१५ करोड रुपैयाँ

२० वर्षे रणनीतिक योजना ‘मिसन २१००’

१ करोड

शहरी व्यवस्थापन सम्बन्धि अध्ययन र अनुसन्धान

५ करोड रुपैयाँ

‘डुवान समाधान’ स्वर्णिम कार्यक्रम

४ करोड रुपैयाँ

विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रम र उपकरण खरिद

३ करोड ५० लाख रुपैयाँ

विषादी परिक्षण प्रयोगशाला स्थापना

१ करोड ५० लाख रुपैयाँ

एग्रोपुलिङ कार्यक्रम

१ करोड रुपैयाँ

वडा महिला सञ्चाल

३२ लाख

निःशुल्क कानुनी सेवा

६८ लाख रुपैयाँ

‘न्याय चौतारी’ कार्यक्रम

१ करोड रुपैयाँ

पैदलयात्री सम्बन्धि कार्यक्रम

१० करोड

‘श्रम बैंक’ स्वर्णिम योजना

१० करोड

सुनौलो अवकाश योजना

१० करोड

वडा तहबाट सञ्चालह हुने योजना र कार्यक्रम

२ अर्ब ७५ करोड ५३ लाख ७४ हजार

क्षेत्रगत जनशक्ति अभाव पपिरपुर्ति

३० करोड 


क्लिकमान्डु