महानगरले आगामी वर्षभित्र ८०३ जनालाई रोजगारी दिने



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ८०३ जनालाई रोजगारी दिने भएको छ ।

आइतबार आयोजित महानगरको १३औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट पेस गर्दै महानगरले क्षेत्रगतरुपमा ८०३ जनालाई रोजगारी दिने घोषणा गरेकी हुन् ।

महानगरको क्षेत्रगत विषयको जनशक्तिको अभावलाई तत्काल परिपूर्ति गर्न कुचिकार ३ सय जना, कार्यालय सहयोगी ५१ जना, चौकीदार ३२ जना, स्वास्थ्यकर्मी २६९ जना र नगरप्रहरी जवान १५१ जनालाई करार सेवामार्फत् सम्झौता गरी काममा लगाउन ३० करोड रुपैयाँ रकक विनियोजन गरेको छ ।

नगरप्रहरीतर्फ कुल ५ सय जनाको दरबन्दी रहेको व्यवस्था गरेकी बताइन् ।


क्लिकमान्डु