मेयर बालेनविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा, न्यायाधीश ढुंगानाको इजलासमा पेसी



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध अदालतको अवहेलना गरेको भन्दै निवेदन परेको छ । अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएकी हुन् ।

उनको निवेदनको पेसी आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा परेको छ ।

मेयर शाहले केही दिनअघि पाटन उच्च अदालतले दिएको महानगरका भारतीय फिल्म चल्न दिने अल्पकालिन अन्तरिम आदेश नमान्ने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।

आदेश नमान्ने चेतावनी दिएका उनले अदालत नै भारतबाट प्रभावित रहेको आरोप लगाएका थिए ।


क्लिकमान्डु