२५ प्रतिशत बोनस घोषणापछि प्राइम लाइफको सेयर मूल्य किन घट्यो ?



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर घोषणा गरेपछि यसको सेयर मूल्य प्रतिकित्ता १ सय ७१ रुपैयाँले घटेको छ ।

आइतबारको सेयर कारोबारबाट प्राइमको सेयर मूल्य प्रतिकित्ता २७ सय २४ रुपैयाँमा झरेको छ ।

लगानीकर्ताले ५० प्रतिशत बोनस सेयरको अपेक्षा प्राइम लाइफबाट गरेका थिए । जसले गर्दा यसको सेयर मूल्य २८ सय २५ रुपैयाँसम्म पुगेको थियो । आश गरेको भन्दा कम बोनस सेय अफर गरेपछि प्राइमको सेयर मूल्य घटेको हो ।

४८ करोड चुक्ता पुँजी भएको प्राइमले २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । जीवन बीमा कम्पनीले २ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्छ ।

नेपाल स्टक एच्सचेन्ज(नेप्से) परिसूचक ३.२५ अंकले घटेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १६४३.२८ बिन्दुमा आएको छ ।

होटल,विकास बैंक र उत्पादन समुहका उकालो लागेको छ भने बाँकी सबै समुह ओरालो लागेको छ । नेप्सेमा ९३ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढी प्रभु इन्स्योरेन्सको ८ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी कमाउने लगानीकर्तामा नेशनल माइक्रो फाइनान्सका लगानीकर्ता छन् ।


क्लिकमान्डु