महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले विशालनगर, काठमाडौंमा अवस्थित अरोगिन हेल्थ केयरका विभिन्न सेवाहरुमा ५% देखि अधिकतम ४५%, इटहरी, सुनसरीमा अवस्थित होटल पाथीभरा इन्टरनेशनलका सेवाहरुमा १०%, मैतिदेवी काठमाडौंमा अवस्थित वुइगल लाउन्ज एण्ड बारका सेवाहरुमा १५%, लाजिम्पाट, काठमाडौंमा अवस्थित एल्लो हात्तीका सेवाहरुमा अधिकतम १०%, इटहरी ०६, सुनसरीमा अवस्थित बर्गर हाउस एण्ड क्रन्चि फ्राइड चिकनका सेवाहरुमा अधिकतम १०% र मैतिदेवी, काठमाडौंमा अवस्थित बर्गर हाउसको सेवाहरुमा १०% को छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।