प्रभु महालक्ष्मी लाईफको एकीकृत असारभित्रै, पुँजी पुर्‍याउन एफपीओ



काठमाडौं । मर्जरका लागि प्रभु लाईफ र महालक्ष्मी लाईफ इन्स्योरेन्सले बिमा प्राधिकरणबाट अन्तिम स्वीकृत पाएको छ ।

जेठ २९ गते कम्पनीले बीमा प्राधिकरणबाट मर्जरका लागि अन्तिम स्वीकृत दिएको हो । प्राधिकरणबाट अन्तिम स्वीकृत पाएसँगै प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको नयाँे लोगो सार्वजनिक गरिएको छ ।

प्राधिकरणको स्वीकृतसँगै असार महिना भित्र एकिकृत कारोबार गर्ने गरी दुबै कम्पनीको संयुक्त मर्जर समिति, संचालक समिति र व्यवस्थापन समूह तयारीमा रहेको बताइएको छ ।

एकीकृत कारोबार गर्नुअघि ‘प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड’ को लोगो सार्वजनिक गरेको छ । प्रभु लाइफ र महालक्ष्मी लाईफको देश भरी १६७ शाखा-उपशाखा संचालनमा रहेको छ । दुवै कम्पनीमा ४४९ कर्मचारी कार्यरत रहेका छन् ।
प्रभु लाईफको बोनस सेयर जारी पछि दुबै कम्पनीको गरी ४ अर्ब २९ करोड ६० लाख चुक्ता पुँजी हुनेछ ।

बीमा प्राधिकरणले तोकेको ५ अर्ब चुक्ता पुँजीको लागि एकिकृत कारोबार पछि ९० करोड बराबर प्रिमियम मुल्यमा एफपिओ जारी गर्ने सहमति भएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु