खपत कम भएपछि किसानले कालीमाटीमा फ्याके गोलभेंडा
काठमाडौं । बजारमा खपत कम भएको र मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारमा गोलभेंडा फ्याकिएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठकाअनुसार नेपालमा उत्पादित गोलभेंडाको खपत कम भएको र मूल्य पनि नपाइएको भन्दै आइतबार किसानहरुले टमाटर फ्याकेका हुन् ।
‘हामी भर्खर अफिस आइपुग्यौं,’ उनले भने, ‘बिहान गोलभेंडा फ्याकिएछ । बजारमा मूल्य नपाएको, खपत नभएको भन्दै गोलभेंडा फ्याकेर बिरोध भएको रहेछ ।’
समितिकाअनुसार तीन चार सय क्रेट जति गोलभेंडा सडकमा फ्याकिएको छ । कालिमाटी तरकारी बजार क्षेत्रको गेट तथा बजारको क्षेत्रमा गोलभेंडा फ्याकेर विरोध गरिएको समितिले जनाएको छ ।
उनले गोलभेंंडाको खपत बढाउने तथा मूल्यको विषयलाई लिएर छलफल हुने पनि बताए ।