सत्तरी हजार घुससहित वडाअध्यक्ष र वडा सचिव पक्राउ



काठमाडौं । धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ का अध्यक्ष बुलन यादव ७० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । वडाध्यक्षसहित सोही वडाका सचिव अमृतनारायण मिश्र घुससहित पक्राउ परेका हुन् ।

वडाध्यक्ष यादव र वडा सचिव मिश्रलाई सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार सेवाग्राहीबाट ७० हजार रुपैयाँ लिइसकेको अवस्थामा नगद रकमसहित नगराइन चोक धनुषाबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


क्लिकमान्डु