असारमा निक्षेपको ब्याजदर नघट्ने

245
Shares

काठमाडौं। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले असारमा पनि निक्षेपको ब्याज स्थिर राख्‍ने निर्णय गरेको छ।

संघको मंगलबार बिहान बसेको कार्य समिति बैठकले दुई महिनादेखिकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो। अहिले मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत छ।

निक्षेपको ब्याजदरको असर बिस्तारै आधार दरमा परेर ऋणको दर घट्न थालेकाले ऋणको ब्याज घट्ने बैंकरहरुको विश्लेषण छ।