व्यापारीहरु जुवाडे होइनन्, करका दर बढ्नेवाला छ भनेपछि कसरी भित्रियो ११ सय गाडी: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट बनाउनेले बनाएकी नबनाउने बनाए भनेर छानबिन भए पनि सत्तापक्षको बहुमतको फैसाला सुनाइदै आइएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष ओलीले अहिले देश विचित्र र अनौठो अवस्थामा रहेको बताए ।

बजेट शुद्ध मन र पनले देशबासीका लागि आयोकी आएन भन्ने महत्वपूर्ण प्रश्न भएको बताए ।

‘हरेक वर्ष बजेटको समय आउँछ, बजेटको समयमा बजेट शुद्ध मनले शुद्ध पनले देशवासीको लागि आयोकि आएन ।बजेट बनाउनले बनाएकी नबनाउनेले बनाए भनेर छानबिन हुन्छ । तर काटिन्छन्, बक्स फुटाइन्छन् समिति बन्छन् सत्ता पक्षको बहुमतको फैसला सुनाइन्छ यसलाई देख्दै भोग्दै आइरुहेका छौं ‘ उनले भने ।

यसपटक पनि यस्ता विषय आएको उनले बताए ।

‘केही अनौठा घटनाहरु भए । करका दर बढ्नेवाला छन् त्यसै बेला ११ सय जति गाडीहरु आए त्यही आइटम जसमा बढ्छ, अनुमानका भरमा’उनले भने, ‘व्यापारीहरु जुवाँडे होइनन् । छक्का भन्यो पर्छ कि पर्दैन भन्यो हान्दियो । पञ्जा भन्यो हान्दियो परेपर्छ नपरे पर्दैन यस्तो होइन । एकिनका साथ उनीहरुले आफ्नो लगानी गर्छन्’ उनले भने ।

प्रश्न करका दरमा रहेको उनले बताए । ‘असर गर्ने भनेको भन्सारमा हो । पारिपट्टि गाडी राखिएका हुन्छन् यता छिराउने बेलामा करका दरले असर गर्छ’ उनले भने, ‘भोलि करका दर बढ्दै छ भने अघिल्ला दिनमा गाडी छिराउँछ । भोलि घट्दै छ भनेपछि स्वाट्ट छिराउँछन् ।’

विभिन्न समानमा यस्तो देखिएको ओलीको भनाइ छ ।

‘उहाँले जसरी सफाइ दिन खोज्नु भएको छ त्यसमा उहाँले भनेको कुरानै साँचो होस् तर करका दरहरु परिवर्तित दरहरु हेर्दा अनविज्ञता लापरवाही हो वा अरुथोक कुराले प्रभावित गरेको छ’ उनले भने ।

दैनिक उपभोग्य आलु प्याज लगायतमा भ्याट लाग्ने बनाएर विलासी जीवनशैलीमा बाँच्नेहरुले प्रयोग गर्ने सालमन माछामा कर छुट दिएको उनको आरोप थियो ।

‘सालमन र के के विलासीहरुले मात्र खाने १२/१५ हजार रुपैयाँ केजी पर्ने माछाहरुमा नबढ्ने हेरकलाई चाहिने गरिबले खाने आलु प्याजमा चाँही भ्याट बढ्ने’ उनले भने, ‘धान फलाउने आलु फलाउने कृषि बढाउने, त्यता पटि छैन खाद्यान्नमा आत्मनिर्भर बनाउनेमा छैन ।’


क्लिकमान्डु