प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता, समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम



भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँ दिल्लीस्थित मौर्य होटेलमा भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्दै । तस्बिरः प्रदीपराज वन्त / रासस

काठमाडौं । चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भारतीय समकक्षीसँग भेटवार्ता गर्दै छन् ।

हिजो अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगका प्रचण्ड बिहीबार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट गइ पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसलगत्तै भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

हैदरावाद हाउसमा प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गर्ने र लगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

केही महत्त्वपूर्ण विषयमा सहमति हुने र केही समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहाल बिहीबार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट गइ पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसलगत्तै भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । हैदरावाद हाउसमा प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गर्ने र लगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

केही महत्त्वपूर्ण विषयमा सहमति हुने र केही समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । ऊर्जा व्यापार, वाणिज्य, व्यापार तथा आपसीहितका विविध विषयमा छलफल गर्ने गरी कार्यसूची तय भएको छ ।

प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजना गरेका छन् । त्यसपछि प्रधानमन्त्री दाहालको भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने अन्तक्र्रियालाई बिहीबार नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।

हिजै साँझ प्रधानमन्त्री दाहालसँग भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गरेका थिए । साथमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रासमेत सहभागी थिए ।


क्लिकमान्डु