सरकारी कर्मचारीलाई ऋण लिएर भत्ता खुवाइने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ऋण लिएर कर्मचारीलाई भत्ता दिने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ऋण लिएर नै कर्मचारीलाई भत्ता दिने उल्लेख छ ।

सरकारले आगामी आवमा विभिन्न १० शिर्षकमा भत्ता दिने भएको छ । त्यसमध्ये विभिन्न ४ शिर्षकका भत्ता ऋण समेत लिएर भत्ता दिने भएको छ ।

आगामी आवका लागि सरकारले कर्मचारी भत्ताका लागि १२ अर्ब ६७ करोड २३ लाख रुपैयाँ विभिन्न १० शिर्षकमा भत्ता दिने भएको छ । उक्त भत्तामा सरकारले १२ अर्ब ६६ करोड ३७ लाख रुपैयाँ खर्च गर्ने छ । भत्ताका लागि नै ४३ लाख र ऋण ४५ लाख लिने भएको छ ।

सरकारले कर्मचारीलाई १ अर्ब ९३ करोड ३९ लाख रुपैयाँ सरकारले भत्ता दिने भएको छ । जसमा नेपाल सरकारको कोषबाट १ अर्ब ९३ करोड २९ लाख रुपैयाँ खर्च गर्ने भएको छ भने ८ लाख अनुदान र २ लाख ऋण लिने भएको छ ।

यस्तै महंगी भत्ताका लागि ६ अर्ब ९५ करोड ५ लाख रुपैयाँ भत्ता दिनेमा सरकारको कोषबाट ६ अर्ब ९४ करोड ९२ लाख खर्च गर्ने भएको छ । यस्तै अनुदानबाट ५ लाख र ८ लाख रुपैयाँ ऋण लिने भएको छ ।

फिल्ड भत्ताका लागि १ करोड २७ लाख रुपैयाँ, कर्मचारी बैठक भत्ताका लागि २२ करोड ५७ लाख रुपैयाँ खर्च गर्ने भएको छ । जसमा सरकारले २२ करोड, अनुदानबाट २८ लाख र ऋण २९ लाख रुपैयाँ लिएर भत्ता खुवाउने भएको छ ।

सरकारले कर्मचारीलाई प्रोत्साहन तथा पुरस्कार भत्ताका लागि ९१ करोड ७९ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।

अन्य भत्ताका लागि १ अर्ब ६८ करोड १६ लाख रुपैयाँ खर्च गर्ने भएको छ । जसमा सरकारले आफ्नो कोषबाट १ अर्ब ६८ करोड ८ लाख र अनुदानबाट २ लाख र ऋणबाट ६ लाख रुपैयाँ रहेको छ ।

सरकारले पदाधिकारी भत्ता र अन्य सुविधाका लागि ५५ करोड ८० लाख रुपैयाँ खर्च गर्ने भएको छ । जसमा पदाधिकारी बैठक भत्ता ७ करोड २४ लाख, पदाधिकरी अन्य सुविधाका लागि ४५ करोड २१ लाख र पदाधिकारी अन्य भत्ता ३ करोड ३५ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।


क्लिकमान्डु