
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीले १ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने भएको छ ।
वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने व्यवसायीले वैदेशिक रोजगारमा जाने व्यक्तिबाट असुल गरेको रकमबाट एक प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क दाखिल गर्नु पर्नेछ ।
सरकारले सिधैं बैदेशिक रोजगारमा जाने व्यक्तिबाट शुल्क नउठाई सेवा प्रदायक कम्पनीले कर तिर्नु पर्ने व्यवस्था गरेको हो ।
त्यसरी संकलन हुने रकम वैदेशिक रोजगारमा जाने व्यक्तिको हितमा खर्च गरिने सरकारले जनाएको छ ।
पच्चिस गतेभित्र राजस्व खातामा त्यसरी जम्मा गरेको विवरण नबुझाएको वार्षिक पन्ध्र प्रतिशतका दरले ब्याज लगाई असुल गर्ने आर्थिक ऐनमा उल्लेख छ ।
वैदेशिक रोजगार सेवा शुल्कको प्रशासन आन्तरिक राजस्व विभागले निर्धारण गरे बमोजिम हुनेछ ।
प्रतिक्रिया