खैनी, सुर्ती र गुट्खा प्लास्टिकजन्य वस्तुमा प्याकिङ्ग गर्न नपाइने



काठमाडौं । अब खैनी, सूर्ती र गुट्खा प्लास्टिकजन्य वस्तुमा प्याकिङ्ग गर्न नपाइने भएकोछ । अर्थममन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट संसउमा प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘वातावरण प्रदुषण नियन्त्रणमा सहयोग पुर्‍याउने हेतु गुट्खा तथा सूर्ती उद्योगले अन्तःशुल्क लाग्ने वस्तु प्याकिङ्ग गर्दा प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुको सट्टामा २०८१ वैशाख १ गते देखि अनिवार्यरूपमा जैविक रुपमा सडेर जाने ‘वायो डिग्रेडेवल’ जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने अर्थममन्त्री महतले बताए ।


क्लिकमान्डु