नयाँ पर्यटक गन्तव्यको पूर्वाधार निर्माणका लागि २ अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन



काठमाडौं । सरकारले नयाँ पर्यटन गन्तव्यको पूर्वाधार निर्माणका लागि २ अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट विनियोजन गर्दै नयाँ गन्तव्य स्थल खोजी तथा पूर्वाधार निर्माण गर्न २ अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

कोशी प्रदेशको पाथिभरा, हलेसी, किराँतहरुको उद्गम स्थल तुवाचुङ, चतरा बराज क्षेत्र, मधेस प्रदेशको गढीमाई र छिन्नमती, बागमति प्रदेशको दोलखको भिमसेन र दुप्चेश्वर महादेव, गढडकी प्रदेशको मुक्तिनाथ, देवघाट, त्रिवेणीधाम, लुम्बिनी प्रदेशको स्वर्गद्वारी रेसुङ्गा क्षेत्र र थारु समुदायको ऐतिहासिक क्षेत्र दङ्गीशरण क्षेत्र, कर्णाली प्रदेशको छत्रेश्वरी भगवती, चन्दननाथ र पञ्चकोशी क्षेत्र तथा सुदुरपश्चिमको बढीमाला घटस्थान, खप्तड मणिका मन्दिरको संरक्षण तथा सौन्दर्यकरण गरिने बताए ।


क्लिकमान्डु