वृहत् नेपाली शब्दकोसलाई परिमार्जन गर्दै प्रज्ञा प्रतिष्ठान



काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले वृहत नेपाली शब्दकोसलाई परिमार्जन गर्ने भएको छ ।

शुक्रबार प्रतिष्ठानमा नयाँ नेतृत्व आएको सय दिन पुगेको अवसरमा आायेजित पत्रकार सम्मेलनमा वृहत् नेपाली शब्दकोसमा विवाद रहेको भन्दै परिमार्जन गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका कुलपति भूपाल राईले यसअघि छापिएको वृहत नेपाली शब्दकोसमा विवादित शब्दहरुको रहेको भन्दै धेरै उजुरी आएको बताए । उनले वृहत् नेपाली शब्दकोसमा कुनैपनि विवाद नआउने गरी परिमार्जन गर्ने निर्णयमा पुगेको बताए ।

उनले वृहत् शब्दकोस परिमार्जनको लागि सामाजिक संस्था र सरोकारवाला निकायहरुसँग छलफल गरी समिति बनाएर काम अगाडि बढाउने बताए । उनले हेरक वर्ष असार ९ गते हुने राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक, सहभागितामुलक र समावेशी बनाउने बताए । उनले प्रतिष्ठानले साहित्य पत्रिका र पत्रकारलाई दिने गरेको अनुदानको सट्टा दुई जना विशिष्ट साहित्य पत्रकारहरुलाई साहित्यिक पत्रकारीता राष्ट्रिय पुस्कारबाट सम्मान गरिने निर्णय भएको बताए । उनले जनताको संघर्ष र बलिदान र वीरताको गाथा सौन्दर्यात्मक खोजिमा प्रतिष्ठानले जोड दिने बताए ।

कुलपति राईले प्रतिष्ठानले १२३ भाषा र १२५ बढी जातजातिलाई समेटर लैजानुपर्ने चुनौति रहेको बताए । उनले आगामी ४ वर्षमा प्रतिष्ठानलाई सबैको प्रज्ञा प्रतिष्ठान बनाउने योजना रहेको बताए ।


क्लिकमान्डु