२ हजार रुपैयाँका नोट नचलाउने भारत सरकारको निर्णय



एजेन्सी । भारत सरकारले २ हजार रुपैयाँको नोट नचलाउने निर्णय गरेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको हो ।

बजारमा चलनचल्तीमा रहेका २ हजार रुपैयाँका नोट भने प्रयोगमा भने रोक लगाइएको छैन । सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि रिजर्भ बैंकले २ हजारका नोट चलनचल्तीमा ल्याएको थियो ।

तर, ७ वर्षपछि २ हजारको नयाँ नोट चलनचल्तीमा नपठाउने घोषणा गरिएको हो । २ हजारका नोट बैंकमा जम्मा गर्ने समय यो वर्षको सेप्टेम्बर ३० सम्म दिइएको छ । त्यतिन्जेलसम्म २ हजारको नोटलाई वैधानिक मुद्राको मान्यता पनि रहनेछ ।


क्लिकमान्डु