९८ प्रकारका औषधी स्वदेशमा नै उत्पादन गरिने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा आधारभुत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक ९८ प्रकारका औषधी स्वदेशमा नै उत्पादन गरिने व्यवस्था मिलाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै औषधी तथा स्वास्थ्य सम्बन्धी सामग्रीहरु स्वदेशमा नै उत्पादन गरेर आत्मनिर्भर हुन वित्तीय र अन्य सहुलियत उपलब्ध गराइने उल्लेख गरे ।

सिंहदरबार वैद्यखाना र जडिबुटी प्रशोधन केन्द्रको पुनसंरचना गरि आयुरवेदिक औषधीको उत्पादन र उपलब्धता वृद्धि गरिने भएको छ ।

औषधी व्यवसाय विभागलाई खाध्य औषधी तथा स्वास्थ्य प्रविधि विभागको रुपमा रुपाान्तरण गरिने भएको छ ।


क्लिकमान्डु