राइड सेयरिङसम्बन्धी कानुन बनाइने



काठमाडौं । सरकारले राइड शेयरिङ सम्बन्धी कानून बनाउने घोषणा गरेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राइड शेयररिङ क्षेत्रलाई व्यवस्थित गर्ने घोषणा गरेको हो ।

हालसम्म सरकारले राइड शेयडशेयरिङ सम्बन्धी कुनै कानून बनाएको छैन । नेपालमा दर्जनभन्दा बढी राइड शेयररिङ सञ्चालनमा रहेपनि सरकारले कानूनको दायरमा ल्याउन सकेको छैन ।

जसले गर्दा समय–समयमा विवाद आउने गरेको छ । त्यसले सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा राइड शेयररिङलाई कानूनको दायरमा ल्याउने भएको हो ।


क्लिकमान्डु