मौद्रिक नीतिको समीक्षाले पोलिसी रेट घटाउँछ भन्ने अपेक्षा थियो: अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मौद्रिक नीतिको समीक्षाले पोलिसी रेट घट्ला भन्ने अपेक्षा आफूले गरेको भए पनि त्यो पूरा हुन नसकेको बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित ‘दि नेशनल बैकिङ डिस्कोर्ष २०२३’ मा अर्थमन्त्रीले केही प्राविधिक कारणले हुन नसकेको बताए ।

‘मौद्रिक नीतिले पोलिसि रेट घट्छ भन्ने आशा लागेको थियो,’ उनले भने, ‘केही प्राविधिक कारणबस हुन सकेनछ ।’

धेरै लगानिकर्ताको यस्तो माग रहेकोले यो चाँडै पूरा हुने उनले अपेक्षा राखे । अर्थमन्त्री महतले अहिले बैंकिङ क्षेत्र स्वस्थ्य रहेको बताए । केही समस्या भए राष्ट्र बैंकले हेर्ने उनको भनाइ छ ।

अहिले लघुबित्तमा देखिएको जोखिम कम गराउँदै जान आवश्यक रहेको बताउँदै उनले सहकारीमा पनि नियमन बढाउन आवश्यक रहेको बताए ।

बैंकले सेवा प्रवाह प्रभावकारी बनाउनु पर्नेमा जोड मन्त्री महतले साना उद्योग व्यवसायले सहजै लोन पाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न सदैव रहेको बताए । अहिले विद्युतीय कारोबारले लागत घटेको भन्दै उनले यसको लाभ नागरिकले पाउने गरी काम गर्न आग्रह गरे ।


क्लिकमान्डु