उद्योग खोल्न लिएको ॠण जग्गामा लगानी हुँदा अर्थतन्त्र समस्यामा परेको हो: योजना आयोग उपाध्यक्ष श्रेष्ठ

294
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले उद्योग खोल्न लिएको ॠण जग्गामा लगानी हुँदा अर्थतन्त्र समस्यामा परेको बताएका छन् ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको योजना आयोगका उपाध्यक्ष श्रेष्ठले जग्गाको कारोबार ठप्प भएपछि केही संस्था ठूलो समस्यामा परेको बताए ।

‘विगतमा घर जग्गा कारोबार बढेको थियो । उद्योग भन्दा घर जग्गा कारोबारबाट राम्रो नाफा थियो’ श्रेष्ठले भने,’जसले गर्दा बैंकको ब्याज तिर्न समस्या थिएन । तर, पछिल्लो समय घर जग्गा कारोबार ठप्प भएपछी समस्या देखिएको हो ।’

बैंकबाट लिएको कर्जा घर जग्गामा लगानी गरिएको भए अर्थतन्त्र अहिले जस्तो संकटमा नआउने श्रेष्ठको भनाइ छ ।

‘बिगतमा पनि सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत आन्तरिक उत्पादन बढाउने नीति लिएको थियो । तर, सरकारले लिएका नीति कार्यान्वयन नहुँदा पनि समस्या भएको हो’ श्रेष्ठले भने, ‘अहिले देखिएका समस्या कहिल्यै समाधान हुन्नन भन्ने सोच्नु हुँदैन ।’

आगामी बजेटमार्फत कार्यान्वयन हुने गरि सरकारले आन्तरिक उत्पादन बढाउने नीति लिने श्रेष्ठले बताए ।

अर्थतन्त्र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै श्रेष्ठले आन्तरिक उत्पादन बढाउन आवश्यक रहेको बताए ।

‘अर्थतन्त्रको संरचनात्मक सुधार गर्ने गरि १६ औं योजना बनाउने आयोगको तयारी छ’ श्रेष्ठले भने,’आन्तरिक उत्पादन वृद्धि सँगै आन्तरिक उत्पादन उपभोग बढाउने गरी आयोगले आगामी नीति लिनेछ।’