सेञ्चुरी क्यापिटल मार्केट्सलाई प्राप्ति गरेपश्चात प्रभु क्यापिटलको एकीकृत कारोबार शुरु



काठमाडौ । प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटल मार्केट्सलाई प्राप्ति गरेपश्चात एकीकृत कारोबार शुभारम्भ गरेको छ । कम्पनीले प्रभु क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको हो ।

प्राप्ती पछि प्रभु क्यापिटलको चुक्ता पुँजी १ अर्ब २० करोड पुगेको छ । प्रभु क्यापिटलको चुक्ता पुँजी १ अर्ब रुपैयाँ र सेञ्चुरी क्यापिटलको २० करोड रुपैयाँ थियो । एकीकृत कारोबार पश्चात प्रभु क्यापिटल पुँजीका आधारमा मर्चेन्ट बैंकमा सबैभन्दा ठूलो कम्पनी बनेको छ ।

बैशाख ९ गते छुट्टाछुट्टै विशेष साधारण सभाले सेञ्चुरी क्यापिटललाई गाभ्ने प्रस्ताव पारित थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले बैशाख २६ गते सेञ्चुरी क्यापिटलको चल अचल सम्पत्ति सकार्न प्रभु क्यापिटललाई अनुमति प्रदान गरेको थियो ।

यी कम्पनीहरुले चैत्र २६ गते अन्तिम सम्झौता गरेका थिए ।


क्लिकमान्डु