नक्कली शरणार्थी प्रकरणमा ढिलोचाँडो सबै संलग्नहरु तानिनुपर्छ: राजेन्द्र लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरण छानविनका लागि नेपाल प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाईदिन नेपाल सरकारसँग माग गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सो प्रकरणलाई स्वतन्त्र र निष्पक्ष ढंगले छानविन गर्नका लागि नेपाल प्रहरीलाई वातावरण बनाई दिन नेपाल सरकार, नागरिक समाज र सञ्चार क्षेत्रसँग पनि आग्रह गरे ।

सो प्रकरणमा मुछिएकाहरुले प्रहरीको अनुसन्धानमाथि नै प्रभाव आइतबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले प्रहरीले राम्रो काम गरिरहेकाले त्यसलाई स्वतन्त्रतापूर्वक अघि बढन दिनुपर्ने स्पष्ट पारे ।

सो प्रकरणमा संलग्नहरु ढिलोचाँडो सबै तानिने उल्लेख गर्दै उनीहरु कसैले पनि उन्मुक्ति पाउन नहुने बताए ।

शिथिल, कमजोर र फासफुस बनाउने काम नगर्न सरकारलाई सचेत गरे ।

‘कुनै पनि भ्रष्टाचारीलाई उन्मुक्ति दिनु हुँदैन । अहिले खासगरी पछिल्लो समयमा प्रहरीले असाध्यै राम्रो काम गरिराखेको छ । उसलाई काम गर्न दिऊ । र, अहिले सरकारसँग पनि र नागरिक समाजसँग र सञ्चार जगतसँग हाम्रो आग्रह छ–स्वतन्त्रतापूर्वक, निष्पक्षतापूर्वक प्रहरीलाई काम गर्ने वातावरण दिऊ । मलाई लाग्छ–ढिलोचाँडो यी सबै मानिसहरु तानिन्छन् । तानिनुपर्छ । कसैले पनि उन्मुक्ति पाउनु हुँदैन’ उनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सो प्रकरणको बिरोधमा यही जेठ ४ गते काठमाडौंको बसन्तपुरमा खबरदारी सभा गर्ने भएको छ । सो प्रकरण र मुलुकमा विद्यमान भ्रष्टाचार र भ्रष्टाचारीहरुको बिरोधमा खवरदारी सभा गर्न लागिएको पनि अध्यक्ष लिङदेनले बताए ।


क्लिकमान्डु