गत वर्ष ९ अर्ब ५० करोडको आइपिओ/एफपिओ ल्याउन धितोपत्र बोर्डको अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्षमा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको साधारण सेयर(आइपिओ) र थप सार्वजनिक सेयर(एफपिओ) निष्कासनको अनुमति दिएको छ ।

गत आर्थिक वर्षमा चार संस्थाले एफपिओ जारी गर्न अनुमति दिएको छ । जसमा तीन संस्थाले एफपिओ जारी गरिसकेका छन् ।

गतवर्ष एफपिओ जारी गर्न अनुमति पाउने संस्थामा नेपाल एसबिआई बैंक,नेपाल लाइफ इन्स्योरेन्स,स्टाण्र्डर्ट चार्टर्ड,पोखरा फाइनान्स रहेका छन् । जसमा पोखरा फाइनान्सले एफपिओ जारी गर्न बाँकी रहेको छ ।

यस्तै,गतवर्ष आइपिओ निष्कासनको अनुमति पाउने कम्पनीमा लघुवित्त र जलविद्युत् कम्पनी मात्र छन् । जसमा जलविद्युत् कम्पनीले स्थानीय प्रभावित व्यक्ति र सर्वसाधारणको लागि सेयर जारी गरेका छन् ।

यस्तै नेपाल हाइड्रो डेभलपर लिमिटेडले पनि गत आर्थिक वर्षमा आइपिओ निष्कासनको अनुमति पाएपनि सेयर भने जारी गरेको छैन ।

 


क्लिकमान्डु