ध्यानमा बस्न अभिनेता आमिर खान काठमाडौंमा, रुप ज्योतिले गरे स्वागत



काठमाडौं । बलिउडका चर्चित अभिनेता आमिर खान १० दिनका लागि काठमाडौं आएका छन् ।

अभिनेता खान काठमाडौंको बूढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा १० दिन ध्यानमा बस्ने उद्देश्यले आएका हुन् ।

भिस्तारा एयरलाइन्सको विमानबाट विहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका खानलाई व्यवसायी रुप ज्योतिले स्वागत गरेका थिए । रुप ज्योति हाल विपस्यना ध्यान केन्द्रका केन्द्राचार्य पनि हुन् ।

यसअघि उनी सन् २०१४ मा राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा काठमाडौं आएका थिए ।


क्लिकमान्डु