विश्व बैंकको अध्यक्षमा भारतीय मूलका व्यवसायी अजय बंगा चयन



काठमाडौं । विश्व बैंकको १४औं अध्यक्षमा भारतीय मूलका अजय बंगा चयन भएका छन् । विश्व बैंकको कार्यकारी निर्देशकहरुको बैठकले बंगालाई बैंकको अध्यक्ष चयन गरेको हो ।

मास्टरकार्डका पूर्वप्रमुख बंगासँग जनरल एटलान्टिकको उपाध्यक्षका रुपमा काम गरेको अनुभव छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बैंकको अध्यक्षमा बंगाको नाम फेब्रुअरी २३ मै प्रस्ताव गरेका थिए ।

बंगाले दिल्ली विश्वविद्यालयबाट ग्रयाजुएसन र आईआईएम अहमदाबादबाट एमबीए गरेका छन् ।

बंगाको कार्यकाल जुन २ देखि सुरु हुनेछ । विश्व बैंक अध्यक्षको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ ।


क्लिकमान्डु