रुवान्डामा बाढीमा परी १०९ जनाको मृत्यु



एजेन्सी । उत्तरी र पश्चिमी रुवान्डामा आएको बाढीमा परी १०९ जनाको मृत्यु भएको छ । बाढीका कारण सबैभन्दा बढी प्रभावित पश्चिमी प्रान्तमा ९५ जना र उत्तरी प्रान्तमा १४ जनाको मृत्यु भएको हो ।

रूवान्डाको राज्य सञ्चालित प्रसारक एजेन्सी (आरबीए) का अनुसार मंगलबार राति परेको वर्षाले उत्तरी र पश्चिमी प्रान्तमा विपत्ति निम्त्याएको छ । बाढीले घर तथा पूर्वाधार बगाएको छ भने सडक अवरुद्ध भएका छन् ।

बाढीको पानी अझै बढिरहेकाले थप मानिसको ज्यान जोखिममा परेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

‘वर्षापछि आएको बाढीले गर्दा ठाउँ–ठाउँमा ठूलो पहिरो गएको, रूखहरू ढलेको र सडक पुरिएका छन् । बाढीले बगानहरू पनि बगेका छन् । हामीले ठूलो समस्याको सामना गर्नुपरेको छ,’ उत्तरी प्रान्तकी एक बाढीपीडित महिलाले आरबीएसँग भनेकी छन् ।


क्लिकमान्डु