अफगानिस्तानमा ७२ हजार टन कपास उत्पादन



एजेन्सी । अफगान किसानले गत वर्ष ७२ हजार टनभन्दा बढी कपास उत्पादन गरेका छन् ।

कृषि, सिँचाइ र पशुधन मन्त्रालयले सोमबार जनाएअनुसार अफगानिस्तानले गत वर्ष ५४ हजार ८६९ हेक्टर जमिनबाट ७२ हजार ४९३ टन कपास दत्पादन गरेको हो ।

बल्ख, तखार, कुन्दुज, बाघलान, पूर्वी नान्गाहार, पश्चिमी हेरात र निमरोज प्रान्तले गत वर्ष कपास उत्पादनमा उल्लेखनीय योगदान पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०२२ अप्रिलमा अफिमलगायतको खेतीमा प्रतिबन्ध लगाइएपछि अफगान किसानले त्यसको सट्टा कपास, केसर, चामल, गहुँ र अन्य खेती गर्न लागेका छन् ।

अफगानिस्तानको कार्यवाहक सरकारले युद्धग्रस्त देशमा बहुमूल्य नगदे बाली उब्जाउन किसानलाई प्रोत्साहित गरेको छ ।


क्लिकमान्डु