सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु