उद्योगलाई उकास्न सरकारलाई सहयोग गर्नुसः मन्त्री रिजाल



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले उधोग क्षेत्रमा संकट आउन नदिन उद्योगहरुको सहयोगको आवश्यकता रहेको बताएका छन् ।

आइतबार मन्त्रालयमा मन्त्री रिजालसँग बैंक तथा बित्तिय संस्था परिसंघका पदाधिकारीसँगको भेटमा मन्त्री रिजालले उक्त कुरा बताएका हुन् । मन्त्री रिजाललाई परिसंघको टोलिले उधोग क्षेत्रमा रहेको विभिन्न समस्याको बारेमा जानकारी गराएको थियो । बैंकिङ क्षेत्रमा रहेको पैसा उधोग क्षेत्रमा भित्र्याउनु पर्नेमा जोड दियो ।

मन्त्री रिजालले उधोग क्षेत्रमा देखिएको समस्या समाधानका लागि तथा आउन सक्ने संकटबाट उधोग क्षेत्रलाई बचाउँका लागि सरकारलाई उधोगीहरुको साथ र सहयोगको आवश्यकता रहने बताए । मन्त्री रिजालले, ‘सरकारलाई दोष दिदै भाग्ने हैन, आएर सहयोग गर्नुस ।’


क्लिकमान्डु