नेपाली विश्वविद्यालयले विदेशी शोधकर्तालाई ५० हजार डलरसम्म दिन सक्ने



काठमाडौं । नेपाली विश्वविद्यालयले सेवा लिने विदेशी प्राकृतिक व्यक्ति (शोधकर्ता/प्राध्यापन पेशाकर्मी) लाई समेत भुक्तानी गर्न सक्ने भएको छ ।

त्यस्तो भुक्तानीको सीमा वार्षिक ५० हजार अमेरिकी डलर रहेको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि यो व्यवस्था थिएन ।

यसअघि आफ्नो तथा आफ्नो सिस्टर कन्सर्नको लागि विदेशी संस्थाबाट लिने विविध सेवा अदृश्य आयात लिए/गरेको पुष्टि हुने कागजात/बिल बीजकको आधारमा मासिक रुपमा बढीमा १५ हजार अमेरिकी डलर वा सो बराबरको रकम सम्बन्धित पक्षलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको थियो । उक्त व्यवस्था भने कायमै रहेको छ ।


क्लिकमान्डु