सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आइतबार सुन-चाँदीको मूल्य बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला १ सय रुपैयाँले बढेर १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएकोमा आइतबार १४ सय १५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु