पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३५ जनालाई रोजगारीको अवसर



काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले १३५ जनालाई रोजगारीको अवसर खुलाएको छ ।

स्वास्थ्य क्षेत्र र प्रशासन क्षेत्रसम्बन्धी विभिन्न पदका लागि प्रतिष्ठानले १३५ जनाका लागि रोजगारी खुलाएको हो ।

प्राध्यापक, सह प्राध्यापक, सहायक प्राध्यापक, लेक्चरर, नर्सिङ सुपरभाईजर, नर्सिङ अधिकृत, ल्याव टेक्नोलोजिष्ट, फिजियोथेरापी टेक्नोलोजिष्ट, स्टाफ नर्स, पोषण टेक्निसियन, जुनियर प्रशासन सहायकलगायतका विभिन्न पदका लागि रोजगारी खुलाईएको हो ।

सबैभन्दा धेरै स्टाफ नर्सतर्फ ५९ जनालाई रोजगारी खुलाइएको छ ।

सूचना प्रकाशित भएको मितिदेखि जेठ ४ गतेसम्म नियमित दस्तुरमा र दोब्बर दस्तुरमा जेठ ११ गतेसम्म आवेदन दिन सकिने प्रतिष्ठानले जनाएको छ ।


क्लिकमान्डु