रुसले युरोपमा तेल आपूर्ति घटाउने



एजेन्सी । रुसले युरोपमा कच्चा तेल र तेल उत्पादनको निर्यातमा ठूलो मात्रामा कटौती गर्ने भएको छ ।

बचत भएको तेल एसियामा पुर्‍याउने रुसको योजना छ । रुसी उपप्रधानमन्त्री अलेकजेन्डर नोभाकले युरोपमा तेल कटौतीबारे बताएका हुन् ।

रुसले सन् २०२२ मा एसियामा करिब ४ करोड टन कच्चा तेल र तेल उत्पादन तथा युरोपमा १८ करोड टन निर्यात गरेको नोभाकले ऊर्जा सम्बन्धित कार्यक्रममा पत्रकारहरूलाई बताए ।

यो वर्ष १४ करोड टन तेल र तेल उत्पादन पूर्वतर्फ जानेछ । करिब ८०-९० मिलियन टन पश्चिमतर्फ पठाइने उनले जानकारी दिए ।


क्लिकमान्डु