उड्डयनमन्त्रीले भने: विमान सुरक्षित रुपमा गन्तव्यतिर जाँदैछ, चिन्ता नगर्नू



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले फ्लाइ दुबईको जहाज सुरक्षित रहेको बताएका छन् ।

त्रिभुवन विमानस्थलबाट उडान भर्नासाथ विमानको एउटा इन्जिन फेल भएको थियो भने आगो लागेकोसमेत देखिएको थियो । त्यसपछि विमान आकस्मिक अवतरण गर्ने तयारी गरिएको भए पनि काठमाडौंको आकाशमा केही फन्का लगाएर विमान अगाडि बढेको छ ।

यसैबीच मन्त्री किरातीले फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदै गरेको भन्दै चिन्ता नगर्न भनेका छन् । मन्त्री किरातीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्व्य तिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा ।’


क्लिकमान्डु