क्रिकेटर लामिछानेको मुद्दामा अन्तिम बहस सुरू



काठमाडौं । नाबालिग बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा अन्तिम बहस सुरू गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासले लामिछानेको मुद्दामा बहस सुरू गरेको हो ।

गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार जिल्लाले अन्तिम सुनुवाइ गर्न लागेको हो ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान लामिछानेविरूद्ध भदौ २१ गते एक किशोरीले जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्। प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप वेस्ट इन्डिजमा थिए ।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालतले कात्तिक १८ गते उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । त्यसविरुद्ध लामिछानले उच्च अदालतमा पुनरावेदन दिएका थिए । उच्चले पुस २८ गते उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो ।

उच्च अदालतको आदेशविरूद्ध लामिछाने सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतले उनको मुद्दालाई चाँडोभन्दा चाँडो किनारा लगाउनसमेत भनेको थियो ।


क्लिकमान्डु