चितवन-२ मा दिउँसो १ बजेबाट गणना हुने, सीडीओ मतगणना स्थल नजाने



चितवन । आइतबारसम्पन्न प्रतिनिधि सभा उप निर्वाचन अन्तर्गत चितवन-२ भएको मतदानको मतगणना दिउँसो १ बजेबाट सुरु हुने भएको छ ।

आज विहान बसेको सर्वदलीय बैठकले सोमबार यस्तो निर्णय गरेको हो ।

तर मतगणनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल भने नजाने भएका छन् । सर्वदलीय बैठकमा सीडीओ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई सघाएको नेपाली कांग्रेसले आरोप लगाएको थियो ।

आइतबार भएको मतदानमा चितवन-२ मा ७८ हजार २७७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी का रवि लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपानेसहितका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा लामिछाने निर्वाचित भएका थिए । तर उनको नागरिकताका विषयमा मुद्दा परेपछि उनी पदमु्क्त भएका थिए र उपनिर्वाचन भएको थियो ।


क्लिकमान्डु