बारा २ मा मतगणनाको तयारी, कसले मार्ला बाजी ?



बारा । आइतबार प्रतिनिधिसभा उपनिर्वाचन भएको बारा क्षेत्र नं २ को मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

सोमबार बिहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि गणना सुरु गर्ने निर्णय गरिएको हो । हाल उम्मेदवारहरूको प्रतिनिधिका लागि परिचयपत्र बनाउने कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बारा २ मा सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, एमालेका पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रमेश खरेल लगायत ३४ उम्मेदवार रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार आइतबार ६८ हजार ८ सय ८६ मत खसेको छ ।

गणनास्थलभित्र तार जाली लगाएर सुरक्षा व्यवस्था कडा पारिएको छ ।


क्लिकमान्डु