मतगणनामा अग्रता लिइरहँदा रास्वपाका वाग्लेले के भने ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १का उम्मेदवार स्वर्णिम वाग्लेले आइतबार सम्पन्न निर्वाचनमा सहयोग गर्नलाई धन्यवाद दिएका छन्।

सोमबार बिहान मतगणना जारी रहँदा उनले सामाजिक सञ्जालबाट सबैलाई बधाई दिएका छन् र आगामी दिनमा नियमति सम्पर्कमा रहने उल्लेख गरेका छन् ।

जारी मतगणनामा वाग्लेले सुरुवातदेखि नै अग्रता बनाइरहेका छन् । उनी दोब्बर मत अन्तरले अग्रस्थानमा रहेका छन् ।

वाग्लेले के लेखे?

तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ वासी बुबा आमा, दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार !
तपाईंहरूको अपार माया, सहयोग र सद्‍भावले २० दिनको चुनावी यात्रा आजको निर्वाचन सम्पन्न भए पश्चात पूरा भएको छ । तपाईँहरूले आज आफ्नो मताधिकार प्रयोग गरेर देशको लोकतन्त्रलाई मजबुत बनाइदिनु भएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं ।

हाम्रो चुनावी यात्रामा अहोरात्र खट्ने हाम्रा साथीहरू,

सुरक्षा निकाय, निर्वाचन आयोग, आम संचारकर्मीहरु र सबै निकायले यस निर्वाचन सम्पन्न गर्न खेल्नु भएको भूमिकाको लागि विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।आगामी दिनहरूमा तपाईँहरूकै माझ रहने र नियमित सम्पर्कमा रहने पनि वाचा गर्दछौं ।
अन्तमा, निर्वाचनको दौरान प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने नेपाल तथा नेपालबाहिरका तपाईंहरू सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।


क्लिकमान्डु