तनहुँमा रास्वपाका स्वर्णिमको अग्रता, कांग्रेस दोस्रो



तनहुँ । आइतबार सम्पन्न प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले अग्रता कायम गरेको छ ।

रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता बनाएका हुन् । ९२४६ मत गणना हुँदा वाग्लेले ५०१९ मत पाएका छन् ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २२५१ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १५४९ मत पाएका छन् ।

तनहुँ क्षेत्र नं. १ को मतगणना मध्यरातिदेखि सुरु भएको थियो । सुरुदेखि नै वाग्लेले अग्रता बनाइरहेका छन् ।


क्लिकमान्डु