काठमाडौं महानगरले विद्यालयहरुका लागि सीपमुलक तालिमसम्बन्धी अभिमुखीकरण गर्दै



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका विद्यालयहरुमा लागु हुने गरि छोटो अवधिको सीपमुलक तालिम सञ्चालन गर्नका लागि महानगरले मंगलबार अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

महानगरले विभिन्न १० वटा मोडूलको सार्वजनिककिरण, विद्यालयमा कार्यान्वयन गर्ने प्रक्रिया र शिक्षामा सीपको महत्वको बारेमा अभिमुखिकरण गर्ने भएको हो ।

मंगलबार बिहान ११ बजेदेखि काठमाडौंको प्रदर्शीमार्गस्थित राष्ट्रिय सभागृहमा महानगरप्रमुख (मेयर), उपप्रमुख (उपमेयर) र प्रमुख प्रशासकिय अधिकृतको उपस्थितिमा यो अभिमुखिकरण कार्यक्रम हुने भएको महानगरले जनाएको छ ।

महानगरका शिक्षा अधिकृत सीताराम कोईरालाकाअनुसार विनिन्न १० किसिमका पेशाहरुसम्बन्धि छोटो अवधिको सीपमुलक तालिका लागि कार्यान्वयन हुने पाठ्यक्रमका मोडुलहरु तयार गरिएको छ ।

कृषि र शहरी खेती, ब्युटिसियन र हेयर स्टायल, सिकर्मी (कार्पेन्ट्रिी) र वुड कार्भिङ, पाक कला, फेसन डिजाइन र कपडा निर्माण, घरको वायरिङ, स्वदेशी र समकालिन मेसनरी (विपद तयारी), मोबाईल र इलेक्ट्रोनिक्स, प्लम्बिंग, स्केचिङ र मूर्तिकलाजस्ता विद्यामा तालिम दिनका लागि अभिमूखीकरण कार्यक्रम राखिएको छ ।


क्लिकमान्डु