मर्जर स्वीकृत गर्न यूनाइटेड र अजोड इन्स्योरेन्सले बोलाए विशेष साधारण सभा



यूनाइटेड र अजोड इन्स्योरेन्सले एक आपसमा गाभिने सहमति गरेका थिए । फाइल तस्बिर

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले विशेष साधारण सभा बोलाएका छन् ।

कम्पनीहरुले वैशाख २५ गते एकैदिन विशेष साधारण सभा बोलाएका हुन् । यूनाइटेड इन्स्योरेन्सको साधारण सभा अनमोल ब्याङ्गकेट, शंखमुल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ ।

अजोड इन्स्योरेन्सको सभा यूनाइटेड वल्र्ड ट्रेड सेन्टर, डिइसिसि, अमन हल तेस्रो तल्ला, त्रिपुरेश्वर, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ ।

अजोड इन्स्योरेन्सको प्रभुसँग मर्जर सम्झौता तोडिएपछि अजोड र युनाइटेड इन्स्योरेन्सबीच पुस २६ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

सभाले अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स ८२.५०:१०० अनुपात कायम गर्ने गरि गाभ्ने÷गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

मर्जरपश्चात ‘यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार गर्ने, मर्जर तथा एक्विजिशनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु सभाले पारित गर्नेछ ।

विशेष साधारण सभा प्रयोजनका लागि यूनाइटेड इन्स्योरेन्सले बैशाख १३ गते बुकक्लोज गर्नेछ भने अजोड इन्स्योरेन्सले बैशाख १३ गते बुकक्लोज गर्ने भएको छ । जसअनुसार वैशाख ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी इन्स्योरेन्सको विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

यस्तै, अजोड इन्स्योरेन्सले विशेष साधारण सभा प्रयोजनका लागि वैशाख १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार वैशख ११ गतेसम्म नेप्सेमा नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी इन्स्योरेन्सको विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।


क्लिकमान्डु