नागरिक उड्डयन प्राधिकरणको उपमहानिर्देशकमा निरौला र कर्माचार्य बढुवा



काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणको उप(महानिर्देशक जगननाथ निरौला र नविना कर्माचार्य बढुवा भएका छन् ।

शनिबार बसेको प्राधिकरणको संचालक समितिको बैठकले कर्माचार्य र निरौलालाई उप महानिर्देशकमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्राधिकरणको ११ औं तहका निरौला कर्पोरेट निर्देशनालयको प्रमुख थिए । यस्तै, हाल ११औं तहकी कर्माचार्य एभियसन सेफ्टी तथा सेक्युरिटी रेगुलेसन निर्देशनालय प्रमुख थिइन् । दुबैलाई सोही जिम्मेवारी दिइएको श्रोतले जानकारी दिएको छ ।

प्राधिकरणको उप महानिर्देशकको बढुवाका लागि ११औं तहका टेक नाथ सिटौला र हरि अधिकारी पनि सिफारिस भएका थिए।


क्लिकमान्डु