मालदार मन्त्रालयका लागि १०औं करोडको डिल हुन्छः स्वर्णिम वाग्ले



काठमाडौं । अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताएका छन् ।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पैसाले राजनीतिलाई धेरै नै मलजल गरेकाले यस्तो विकृत पक्षलाई हटाउन जरुरी रहेको बताए । उनले पैसाका कारण लोकतन्त्त पनि विकृत हुँदै गएको बताए । उनले परम्परागत र पुराना पार्टीहरुमा टिकट पैसामा किनबेच हुने गरेको आरोप लगाए । वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीमा भने ढुक्कसँग टिकट पाएको बताए । मालदार मन्त्रालयमा १०औं करोडको डिल हुने गरेको उनको भनाइ छ ।

वाग्लेको भनाइ जस्ताको त्यस्तै

कुशासनका कुराहरु छन्, पैसा कहाँबाट आउँछ, पैसाले राजनीतिलाई कसरी मलजल गरिरहेको छ, लोकतन्त्रलाई विकृत बनाइरहेको राजनीतिमा पैसाको भुमिका कस्तो छ ? भन्नेकुरा जोडिएको छ । अन्य परम्परागत पार्टी, पुराना पार्टीहरुमा टिकटको किनबेच, यहाँ कुनैपनि हस्तक्षेप भएन । हामी ढुक्कले उम्मेदवार बुझ्नसक्यौँ ।

अन्य पार्टीहरुमा वडा सदस्यको लागि पनि पैसा दिनुपर्छ । झनै मालदार मन्त्रीहरुका लागि कस्तो हुन्छ ? मालदार मन्त्रालयमा त १०औं करोडको डिले हुन्छ भन्ने छ । यसले टिकट पाउनकै लागि त्यत्रो महंगो भयो भने चुनावी खर्च कति हुन्छ ? सत्तामा पुगिसकेपछि झन के हुन्छ ? त्यसैले यो पैसाले हाम्रो राजनीतिलाई असाध्य विकृति बनाइरहेको छ । त्यसलाई क्लिनअप गर्नको लागि प्राइमरीको कन्सेप्टलाई यो पार्टीले अवलम्वन गरेको छ । त्यो भनेको सुशासनको पहिलो खुड्किला हो ।


क्लिकमान्डु