गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्की प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएसँगै मुनाफामामा सरिक हुने गरी(बोनस दिने गरी) जारी भएका बीमालेखहरुका लागि नयाँ बोनसदर कायम सार्वजनिक गरेको हो ।

कम्पनीले बीमा योजना र बीमा अवधिका लागि अधिकतम प्रतिहजार ७६ रुपैयाँ र न्यूनतम प्रतिहजार २० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

इन्स्योरेन्सले सावधिक बीमा योजना अन्र्तगत बीमा अवधिहरुअनुसार अधिकतम प्रतिहजार ७६ रुपैयाँ र न्यूनतम प्रतिहजार ३८ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

कम्पनीको गुराँस बालसुरक्षा र गुराँस नौलो बालसुरक्षा सावधिक जीवन बीमा योजनामा पनि बीमितले बीमा अवधिकअनुसार अधिकतम प्रतिहजार ७६ रुपैयाँ र न्यूनतम प्रतिहजार ३८ रुपैयाँ बोनसदर पाउनेछन् ।

यस्तै, कम्पनीको सावधिक तथा आजीवन बीमा योजनामा बीमितले बीमा अवधिअनुसार अधिकतम प्रतिहजार ७५ रुपैयाँ र न्यूनतम प्रतिहजार ४० रुपैयाँ, अग्रिम भुक्तानी सावधिक बीमा योजनामा बीमा अवधिअनुसार अधिकतम प्रतिहजार ४८ रुपैयाँ र न्यूनतम प्रतिहजार ३६ रुपैयाँ, वार्षिक धन फिर्ता बीमा योजनामा अधिकतम प्रतिहजार ४३ रुपैयाँ र न्यूनतम प्रतिहजार ३४ रुपैयाँ, गुराँस सुरक्षित भविष्य जीवन बीमा योजनामा अधिकतम प्रतिहजार ३७ रुपैयाँ र न्यूनतम प्रतिहजार २० रुपैयाँ र ३० वर्षे गुराँस जीवन रक्षक(सीमित भुक्तानी), गुराँस सावधिक लघु जीवन बीमा र गुराँस कर्पोरेट जीवन बीमा योजनामा अधिकतम प्रतिहजार ७० रुपैयाँ र न्यूनतम प्रतिहजार ३५ रुपैयाँ बोनसदर पाउने छन् ।

उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुने कम्पनीले जनाएको छ । साथै, बीमा प्राधिकरणबाट अर्को मूल्याङ्कन प्रतिवेदन स्वीकृत नभएसम्मका लागि यहि बोनसर नै कायम हुनेछ ।


क्लिकमान्डु