४ अर्बको ऋणपत्र निष्कासन गर्दै एनएमबि बैंक, कति पाइन्छ ब्याज ?



काठमाडौं । एनएमबि बैंकले १० वर्ष अवधिका लागि ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले प्रति कित्ता १ हजार रुपैयाँका दरले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमा २४ लाख कित्ता बैंक आफैले बिक्री गर्ने छ । बाँकी १६ लाख कित्ता सर्वसाधारणलाई निष्कासन गरेको छ । जसबाट ८० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएकोमा ४५ हजार कित्ता बाँडफाँट गरिएको छ । यसबाट १०.७५ प्रतिशत ब्याज पाइने छ ।

बैंकको ‘एनएमबि डिबेन्चर १०.७५%-२०८९/९०’ जारी गर्न लागेको हो । यसमा चैत २४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा २०८० वैशाख ५ गतेसम्म आवेदन दिन सकिने छ ।

ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १६ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धक एनआर्इबिएल एस क्यापिटल रहेको छ ।


क्लिकमान्डु