गुराँस लाइफको लाभांश घोषणा



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १३.२७१२७७२ प्रतिशतले हुन आउने बोनस सेयर दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी साधारणसभाबाट स्वीकृति भएपश्चात सेयरधनीमा वितरण हुनेछ ।


क्लिकमान्डु