सेयर बजार राताम्मे: कसले कमाए, कसले गुमाए ?
काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार बजार मापन गर्ने सूचक १८.१५ अंकले घटेर परिसूचक १९१५.१४ बिन्दुमा रोकिएको छ ।
२५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार ८०२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । यो दिन बैंकिङ समूहको उपसूचक ८.३०, विकास बैंक ११.९४, वित्त कम्पनी २१.४१, होटल ४२.४९, होटल ३६.५६, जीवन बीमा ९१.८८, उत्पादन तथा प्रशोधन समूहको ९.३७, माइक्रोफाइनान्स ५९.१६, निर्जीबन बीमा ३७.६८, अन्य समूहको १५.१३ र ट्रेडिङ समूहको उपसूचक ६७.०९ अकले घटेको छ ।
बजार राताम्मे हुँदा पनि मायाखोला हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एशियन हाईड्रो, सिद्धार्थ बैंक, बोटलर्स नेपाल (तराई), लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले कमाएका छन् भने युनिक नेपाल लघुवित्त वित्तीय संस्था, सिर्जनशिल लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, शुभम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको २१ करोड ७४ लाख ६४ हजार ८६८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा सिद्धार्थ बैंक र हिमालयन डिस्ट्रिलरी रहेका छन् ।