खाद्यान्न बालीको बीमा गर्दा ८ प्रकारका जोखिमको रक्षावरण हुने, २ लाखको दुर्घटना बीमा सुविधा



काठमाडौं । नेपाल बीमा प्राधिकरणले खाद्यान्न बाली बीमालेख जारी गरेको छ । खाद्यान्न बाली बीमाअन्तर्गत धान, मकै, गहुँ, जौ र कोदो बाली समेटिने प्राधिकरणले जनाएको छ ।

बीमा गरिएका यी खाद्यान्न बालीहरुमा क्षति पुगेमा बीमालेखले विभिन्न ८ प्रकारका जोखिमविरुद्ध रक्षावरण हुनेछ ।

खाद्यान्न बालीमा बीमा अवधिभित्र अग्निजन्य, हावाजन्य, पानीजन्य, मौसामजन्य, भूमिजन्य, चट्याङ्जन्य, रोग तथा किराजन्य र आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणहरुबाट हुने क्षतिको खाद्यान्न बाली बीमालेखले रक्षावरण गर्नेछ ।

अतिरिक्त सुविधा अन्तर्गत २ लाख रुपैयाँको दुर्घटना सुविधा पाइनेछ । बीमा अवधिमा बीमितको आत्महत्या बाहेक अन्य कुनै पनि कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुनः ठिक नहुने गरी रिढको हड्डी काम नलाग्ने भएमा, एक वा दुबै हातको नाडिदेखि माथि पुरै हात काम नलाग्ने भएमा, एक वा दुवै खुट्टाको गोलीगाँठो देखिमाथि काम नलाग्ने भएमा र दुबै आँखाको दृष्टि गुमेमा २ लाख रुपैयाँ बीमितले भुक्तानी पाउनेछन् ।

यस बीमालेखअनुसार खाद्यान्न बालीबाट भएको क्षतिको कारणबाट हुने अन्य अप्रत्यक्ष क्षति, अधिकार प्राप्त निकायबाट प्र्याएको क्षति, विकिरणयुक्त पदार्थबाट भएको क्षति, आणविक, रासायनिक तथा जैविक हतिबाटको प्रयोगबाट भएको क्षति र युद्ध वा युद्ध सरहको अवस्थामा भएको क्षतिको क्षतिपूर्ति भने बीमा कम्पनीले प्रदान गर्ने छैनन् ।

खाद्यान्न बालीको लागि बीमालेखको अवधि बालीको जात, सिफरिस क्षेत्र तथा पाक्ने दिनलाई आधार लिई अधिकतम एघार महिनासम्मको हुने उल्लेख छ । बीमालेखकमे अवधि समाप्त हुने मितिको मध्यरात बाह्र बजे बीमा अवधि समाप्त हुने छ । यस्तै, प्राधिकरणकाअनुसार एकै क्षेत्रफलमा लगाईएको खाद्यान्न बालीको आंशिक रुपमा बीमा गर्न पाइने छैन ।

बीमालेख जारी भइसके पश्चात बीमाङ्क रकम परिवर्तन गर्न पाइछैन । साथै, खाद्यान्न बालीको बीमा सामूहिक रुपमा समेत गर्न सकिनेछ ।


क्लिकमान्डु